Rule 110
समितिको काम कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) प्रदेश सरकार वा स्थानीय तहबाट सञ्चालन हुने कार्यक्रमको लागि वार्षिक बजेट निर्धारण गरी कार्यक्रमका लागि प्रस्ताव माग गर्ने,

(ख) कोषबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको लागि वार्षिक बजेटको सिलिङ्ग निर्धारण गर्ने,

(ग) कार्यक्रम र बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने वा गराउने,

(घ) बहुवर्षीय योजना तथा कार्यक्रम स्वीकृत गर्ने र सोको लागि स्रोत सुनिश्चित गर्ने,

(ङ) दीर्घकालीन नीति र रणनीति तर्जुमा गरी मन्त्रालयमा पेस गर्ने,

(च) सङ्घ, प्रदेश, स्थानीय तह र सम्बन्धित सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने,

(छ)/ वनको दिगो व्यवस्थापनका लागि वन उपभोक्ता समूह, स्थानीय समुदाय र सङ्घ संस्थालाई प्रोत्साहन गर्ने,

(ज) हरियाली प्रवर्द्धनका लागि व्यक्ति, सङ्घ संस्था तथा निजीक्षेत्रलाई प्रोत्साहन गर्ने,

(झ) कोषको रकम प्रयोग गरी सञ्चालन गरिएका योजना तथा कार्यक्रमको नियमित अनुगमन र मूल्याङ्कन गर्ने वा गराउने, (ज) कोषको रकम प्रयोग गरी कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा . आवश्यक कार्यविधि निर्धारण गर्ने,

(ट) कोषको उद्देश्य प्राप्तिका लागि गर्नु पर्ने अन्य आवश्यक कार्य गर्ने वा गराउने ।